सेवा प्रवाह चुस्त बनाउन सरकारी कार्यालयका प्रमुखहरूलाई सभापति घर्तीको निर्देशन
प्रकाशित मिति : 22 November, 2021 5:06 pm
रोल्पा । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले सरकारी कार्यालयको सेवा प्रवाह चुस्त बनाउन निर्देशन दिएकी छन् ।
गृह जिल्ला रोल्पा पुगेकी घर्तीले घर्तीगाउँमा रहेका इलाका स्तरीय कार्यालय तथा विभिन्न कार्यालय प्रमुखहरूसँग छलफल गर्दै कार्यालयबाट प्रवाह हुने सेवा राम्रो बनाउन आवश्यक निर्देशन दिएकी हुन् ।
उनले भनिन्,“यहाँहरूले सेवालाई जनपक्षीय बनाउनुपर्छ, तपाईंको कार्यालयबाट प्रवाह हुने सेवा राम्रो र चुस्तदुरुस्त बनाउनुहोला ।”
रोल्पामा नेतृ जयपुरी घर्तीको ‘नयाँ अभियान’
घर्तीले यसअघि सदरमुकाममा रहेका सरकारी कार्यालयका प्रमुखहरू,सुरक्षा निकायका जिल्ला प्रमुखहरूसँग समेत छलफल गरेकी थिइन् ।