रोल्पा काँग्रेसको निर्वाचन : ५२ प्रतिशत मत खस्यो
उमा केसी ।
रोल्पा । नेतृत्व चयनका लागी नेपाली काँग्रेस रोल्पाको मतदान चलिरहेको छ । बेलुका ५ वजेसम्म ५२ प्रतिशत मत खसेको जनाएको छ ।
कुल १ हजार ९३ मतदाता रहेको रोल्पा काँग्रेसको निर्वाचनमा वेलुका ५ वजेसम्म ५७० मत खसेको मतदान स्थलमा रहेका नेपाल पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष सन्तोष शर्माले जानकारी दिए । विहान ११ः३० वजेवाट सुरु गरिएको मतदान आज अवेर सकिने वताइएको छ । मतदान लगत्तै मतगणना शुरु गरिने तयारी गरिएको छ ।
मतदानका लागी गंगादेव गाउँपालिका ६ खानीखोलाका ७८ वर्ष अपांग गनवहादुर राना समेत वैशाकी टेकेर लाईनमा उभिएका छन् ।
२५ वर्ष अघि सर्पको टोकाईवाट घुडामुनीको भाग गुमाएका राना नेपाली काँग्रेसको बयोवृद्ध क्षत्रीय प्रतिनिधि हुन । निर्वाचनले नेपाली काँग्रेसको आन्तरिक लोकतन्त्र वलियो हुने उनको भनाई छ ।
काँग्रेसको आत्मा भनेको नै निर्वाचन भएकाले यसलाई सहज रुपमा लिनुपर्ने उनको मत छ । “निर्वाचनमा हारजीत स्वभाविक हो यसलाई ईगोको विषय वनाउनु हुदैन,” रानाले भने ।
काँग्रेसलाई अझै सशक्त वनाउने उमेदवारलाई मतदान गरेको गंगादेव गाउँपालिका-७ की ७० वर्षिया मतदाता सुमित्रा वलीले प्रतिकृया दिईन । “नवनिर्वाचित नेतृत्वले रोल्पा काँग्रेसलाई एकढिक्का वनाएर लैजाने कुरामा आशावादी छु,” वलीले भनिन् ।
निर्वाचनमा संस्थापन पक्षवाट मानवहादुर खत्री र संस्थापन ईतर पक्षवाट किशोरकुमार आचार्यले प्रतिस्पर्धा गरिरहेका छन् । खत्री नेपाली काँग्रेस रोल्पाको छैटौ अधिवेशनका क्रममा वर्तमान सभापति अमरसिंह पुनसंग पराजित भएका थिए ।
अर्का प्रत्यासी आचार्य वर्तमान कार्यसमितिको उपसभापति हुन् ।