ओपो द्वारा डुअल साइड्स र र्यापएराउण्ड स्क्रिन सहितको फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता
काठमाडौं । चनिया स्मार्टफोन कम्पनी ओपो पृथक लुक्स सहितको नयाँ उपकरणको योजना बनाइरहेको छ । ओपोले डुअल साइड्स र ¥यापएराउण्ड डिस्प्ले सहितको फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता गराएको छ ।
वल्र्ड ईन्टेलेक्चुअल प्रपर्टी अफिस (डब्ल्यूआईपीओ)मा दर्ता गरिएको प्याटेन्टमा ओपोले दुई साइड भएका उपकरण एसेम्बल र डिसएसेम्बल गर्ने तरिकाको बर्णन गरेको छ ।
प्याटेन्ट भित्र यस उपकरणका लागि ओपोले बनाएका सोचको रेखा चित्र र योजना सम्मिलित रहेका छन् । तथापी, यसमा उपकरणको सम्भावित लुक्सका बारेमा कुनै जानकारी भने दिइएको छैन ।
यस अवधारणाका निर्माता र लेट्सगो डिजिटलसंगको सहकार्य मार्फत यस ओपो उपकरणको सम्भावित रुपरेखा रेन्डर्स गरिएको छ ।
रेन्डर्सलाई आधार मान्दा ओपोको यस उपकरणमा सार्प कर्नर्सका साथमा पातला बेजल रहेको छ । तस्विरलाई आधार मान्दा स्क्रिनका कुनाहरुमा पनि सार्प कर्नर्सको प्रयोग भएको छ । प्याटेन्टका अनुसार यस डिजाइनमा डिस्प्ले र फ्रेमका विच अल्ट्रा(थिन स्टील प्लेटको प्रयोग भएको छ ।
यस उपकरणको पछिल्लो भागमा एलईडी फ्ल्याशका साथमा चार ओटा क्यामेरा छन् । यसमा रहेको डिस्प्ले फोनको पछिल्लो भाग सम्म पुगेका कारण यी क्यामेराको प्रयोग सेल्फी सुटर्सका रुपमा पनि गर्न सकिनेछ । यसले गर्दा उपकरणमा छुट्टै फ्रण्ट क्यामेरा जडान गरिएका छैनन् ।
यसमा रहेको डिस्प्लेले अघिल्लो भागमा केहीका लागि पनि स्थान छाडेको देखिँदैन । डिस्प्लेको ¥यापएराउण्ड बायाँपट्टी रहेकाले उपकरणको दायाँ पट्टी भोल्यूम रकर र पावर बटन समाहित गरिएका छन् ।