३० कार्तिक २०८१, शुक्रबार

आजकाे मौसम पूर्वानुमान

प्रकाशित मिति :  25 November, 2021 7:58 am


काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले बिहिबार देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

महाशाखाकाे जानकारी अनुसार आज बिहान देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको बताएको छ।

आज दिउँसो देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एकरदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

 



प्रतिक्रिया दिनुहोस !