कृषि र रोजगारी प्रर्वद्धनमा सक्रिय थापाद्वारा एमाले केन्द्रीय सदस्यमा उमेद्वारी दिने घोषणा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औं महाधिवेशनमा बाबुराम थापाले केन्द्रीय सदस्यमा उमेद्वारी दिने घोषणा गरेका छन् ।
कृषि तथा रोजगारी प्रवद्र्धनको अभियानमा क्रियाशील अभियन्ता थापाले राजनीतिमा थप सक्रिय हुने घोषणा गर्दै केन्द्रीय सदस्यमा उमेद्वारी दिने जानकारी दिएका हुन् ।
लुम्बिनी सञ्चारसँग कुरा गर्दै थापाले भने,“ हो ! मैले एमालेको १० औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेद्वारी दिने घोषणा गरेको छुँ, सबै साथीभाइ र पार्टीमा छलफल गरेपछि केन्द्रीय सदस्यको उमेद्वारी दिने निर्णयमा पुगेका हुँ ।”
कृषि र रोजगारी प्रर्वद्धनमा सक्रिय थापा एमालेकै राजनीतिमा निरन्तर क्रियाशील पनि थिए ।
वि.सं. २०४७ बाट इसिभु माध्यामिक विद्यालय तेह्रथुमको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको प्रारम्भिक कमिटी सचिवबाट राजनीति सुरु गरेका थापाले युवा संघ नेपालको तेह्रथुम जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य,केन्द्रीय सचिवको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।
थापाले युवा किसान संघको अध्यक्ष हुँदै किसान महासंघको उपमहासचिवसम्मको जिम्मेवारी पुरा गरिसकेका छन् । पार्टी जिल्ला सचिवालय सदस्य हुँदै जिल्ला कमिटी अध्यक्ष र प्रदेश-१ कमिटी सदस्यको रुपमा समेत थापाले काम गरिसकेका छन् ।
मुलुकको सवृद्धिका लागि कृषि र रोजगारीको अभियानमा निरन्तर सक्रिय रहेका थापाले मुलुकलाई आत्मनिर्भर बनाउन जनताको समृद्धि हुनुपर्छ भन्ने मान्यतालाई मूर्तरुप दिन विभिन्न अभियानहरुको नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।
उनले भने,“समृद्ध नेपालको नारालाई साकार पार्न पार्टी सदस्य तथा जनतालाई विकासको लागि अभियानमा लगाउन प्रेरणादायी भूमिका खेल्न थप सक्रिय रुपमा राजनीतिमा लाग्ने निर्णय गरेको हुँ ।”
जनता समृद्ध भए मात्र मुलुक समृद्ध हुन्छ भन्ने मान्यता आफूले बोकेको भन्दै थापाले यसलाई सकार गर्ने लक्ष्यका साथ आफू लागिरहेको बताए ।