६ आश्विन २०८१, आइतबार

स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री म्याग्डलेनाले दिइन् नियुक्त भएको केही घन्टामै राजीनामा !

प्रकाशित मिति :  25 November, 2021 1:43 pm


काठमाडौं । स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीले आफू नियुक्त भएको केही घन्टामै राजीनामा दिएकी छन्।

बुधवार प्रधानमन्त्री घोषण भएकी म्याग्डलेना यान्डरसनले उनको गठबन्धन सरकारको साझेदार दलले समर्थन फिर्ता लिएपछि तत्काल उनले राजीनामा दिएकी हुन् । यान्डरसनले राजीनामा दिएपछि त्यहाँको बजेट समेत पारित हुन सकेन।

उनको गठबन्धन साझेदार रहेको ग्रीन्स पार्टीले आफूले उग्र दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएको बजेट स्वीकार गर्न नसकेको जनाउदै समर्थन फिर्ता लिएको हो ।

कुनै एक पार्टीले छोडेपछि गठबन्धन सरकारले राजीनामा दिनुपर्ने संवैधानिक अभ्यास रहेको बताउदै राजीनामा दिएकी यान्डरसनले आफूले अब एकल पार्टी नेतृत्वको सरकारको प्रधानमन्त्री हुन कोशिश गर्ने बताइन्।

संसद्का सभामुखले आफूले पार्टीका नेताहरूसँग कुरा गर्ने बताएका छन्।

स्वीडेनको कानुन अनुसार प्रधानमन्त्री हुनका लागि विपक्षमा बहुमत सदस्यले मत नदिए पुग्छ। स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको एक सय वर्षपछि प्रधानमन्त्रीमा ५४ वर्षीय सोसियल डेमोक्र्याट नेता यान्डरसन नियुक्त भएकी थिइन्।

संसद्का ३४९ सांसद् मध्ये १७४ ले उनको विपक्षमा मत हालेका थिए। उनलाई समर्थन गर्ने ११७ सांसद्सहित थप ५७ जना तटस्थ रहेका थिए जसले गर्दा उनले एक मतले जीत हासिल गरेकी थिइन्।

सानोमा पौडीबाजमा विजेता बनेकी उनले सन् १९९६ मा राजनीतिमा हात हालेकी थिइन्। उनी त्यतिबेलाका प्रधानमन्त्रीकी राजनीतिक सल्लाहकार रहेकी थिइन्। उनी विगत सात वर्षदेखि अर्थमन्त्री रहँदै आएकी थिइन्।



प्रतिक्रिया दिनुहोस !