६ आश्विन २०८१, आइतबार

कोभिडको डेल्टा भेरियन्ट भन्दा खराब भेरियन्टबारे वैज्ञानिकहरूको चिन्ता

प्रकाशित मिति :  26 November, 2021 1:26 pm


काठमाडौं । वैज्ञानिकहरूले विश्वका विभिन्न भागका रोगीहरूबाट फेला परेका कोरोनाभाइरसको नयाँ भेरियन्टबारे चिन्ता व्यक्त गरेका छन् ।

यो नयाँ भेरियन्टका बोटस्वानामा फेला परेको थियो । त्यसैले यसलाई बोटस्वाना भेरियन्टले चिनिन्छ ।

यसले अहिलेसम्म यसका ३२ म्युटेसन फेला परेका छन् । अहिलेसम्म द्रुतगतिमा सर्ने खतरनाक मानिएको डेल्टा भेरियन्टको ११ म्युटेसन छन् ।
बोटस्वान भेरियन्टको पहिलो संक्रमण देखिएयता यो तीन देशहरूमा फेला परेका छन् । नोभेम्बर ११मा यसको पहिलो संक्रमण फेला परेको थियो ।

दक्षिण अफ्रिकामा ६ संक्रमण, एक हङकङमा फेला परेको बेलायतका सञ्चार माध्यमहरूले जनाएका छन् ।

हङकङमा फेला परेका बिरामी दक्षिण अफ्रिकाबाट चीन गएका छन् । यो थाहा पाएपछि वैज्ञानिकहरूको चिन्ता बढेको हो ।

चीनबाट अन्तर्राष्ट्रिय उडानहरू बढी हुने र सो व्यक्तिबाट नयाँ कोभिड सरेर विश्वभर फैलिने वैज्ञानिकहरूको चिन्ता रहेको छ । चीन पुगेका यो बिरामीले दुई खोप लिइसकिएको भनिएको छ ।

यसको भेरियन्टलाई बीडटवानडटवानडटफाइटुनाइन भनिएको छ



प्रतिक्रिया दिनुहोस !