१० माघ २०८१, बिहिबार

जनतालाई अधिकार सम्पन्न बनाउन माओवादी लागेको मन्त्री श्रेष्ठको भनाइ

प्रकाशित मिति :  27 November, 2021 4:46 pm


काठमाडौं ।  भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले नेपाललाई आर्थिक रूपमा सम्पन्न बनाएर जनतालाई समृद्धशाली मुलुकको अधिकारसम्पन्न नागरिक बनाउने अभियानमा माओवादी केन्द्र अगाडि बढिरहेको बताएकी छिन् ।

नेकपा माओवादी केन्द्रको मध्यपुर ठिमि नगरसम्मेलनको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताइन् ।

नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान माओवादीकै प्रयासबाट बनेकाले त्यसको कार्यान्वयनमा पनि माओवादी नै लागि पर्ने उनले जनाइन् ।

अग्रगमन र प्रतिगमनबीचको द्वन्द्व अझै बाँकी रहको र थोरै ठाउँ पउनासाथ प्रतिगमनकारी तत्व फेरि उठ्न सक्ने भन्दै उनले प्रतिगमनको अन्त्यको लागि जनतालाई सचेत बनाउनु पर्ने आवश्यकता रहेको उनले जनाइन् ।

जनता अधिकार सम्पन्न भएको मन नपराउनेहरूले संविधान र संघीयतमाथि हमला गरेर संविधानलाई नै मरणासन्न बनाउने गरी सर्वभौम सम्पन्न प्रतिनिधिसभा विघटन गरेको उल्लेख गरी मन्त्री श्रेष्ठले माओवादी केन्द्रको नेतृत्वमा नागरिकको साथ सहयोगबाट संविधान र परिवर्तनलाई जोगाउन सकिएको बताइन् ।

संविधानको रक्षाको लागि माओवादी केन्द्रले गठबन्धन निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको र संविधान मास्ने प्रतिगामी तत्वहरू अझै रहेकाले संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनको अझै आवश्यकता रहेको उनले बताइन् ।

मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको पैतृक सम्पतिमा महिलाको हक सुनिश्चित गर्न अंशबन्डा गर्दा महिलालाई अनिवार्य उपस्थित गराउनु पर्ने व्यवस्था कार्यान्वयन गर्न देशभरका मालपोत कार्यालयहरुमा व्यवस्था गरिसकिएको उनले बताइन् ।



प्रतिक्रिया दिनुहोस !