१० माघ २०८१, बिहिबार

उन्नाइस पदाधिकारी सहितको तीन सय एक सदस्यीय एमाले केन्द्रीय समिति घोषणा हुँदै

प्रकाशित मिति :  28 November, 2021 1:17 pm


काठमाडौैं । नेकपा एमालेको चितवनस्थित दशौं महाधिवेशनबाट उन्नाइस पदाधिकारीसहितको तीन सय एक सदस्यीय केन्द्रीय समितिको घोषणाा हुन लागेको छ ।

एमाले दशौं महाधिवेशनको बन्द सत्रमा बसेको एमाले केन्द्रीय समितिको १५औं बैठकले तदनुसारको विधान संगठन विभाग प्रमुख विष्णु पौडेलले प्रस्तुत गरे अनुसार  केन्द्रीय समितिको घोषणा गर्न लागिएको हो ।

अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १,उपमहासचिव ३ र सचवि ७ जना पदाधिकारी रहने गरी ३०१ जना केन्द्रीय सदस्यको घोषणा हुने एमालेले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

पार्टीको प्रदेश कमिटिका अध्यक्षलाई केन्द्रीय समितिको निर्णयमा मताधिकारसहितको पदेन सदस्य बनाइने प्रावधान सो संशोधनमा पारित गरिएको छ ।

पदाधिकारी सहित केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटि र ९९ सदस्यीय पोलिटब्युरो गठन गरिने छ ।

यसैगरी केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोग अध्यक्ष उपाध्यक्ष र सचिवसहित २५ सदस्यीय समिति बनाइनेछ ।

स्थायी कमिटीले आफ्नो कमिटीको कुल सदस्य संख्याका नबढ्ने गरी केन्द्रीय सल्लाहकार परिषद गठन गर्न सक्ने गरिएको सो संशोधन अनुसार सोही अनुसारको प्रदेश र जिल्ला कमिटी पनि हुनेछ ।

७ प्रदेश कमिटी र जिल्ला कमिटीको आधार संख्या ७५ सदस्यीय हुनेछ ।यसैगरी प्रत्येक प्रदेशबाट ६ खुला ३ महिला गरी ९ जना सहित ७ वटा प्रदेशबाट ६३ सदस्य निर्वाचित हुनेछ । उपत्यका विशेष समन्वयबाट १ खुला १ महिला गरी २ सदस्य निर्वाचित हुने छ ।

सम्पर्क समन्वयबाट १ खुला १ महिला गरी २ सदस्य निर्वाचित हुनेछ । आदिवासी जनजातिबाट १७ खुला र ८ महिला गरी २५ सदस्य निर्वाचित हुनेछ । तराई मधेशबाट १३ खुला र ६ महिला सहित १९सदस्य निर्वाचित हुनेछ ।

दलित समुदायबाट ८ खुला ४ सहित १२ सदस्य निर्वाचित हुनेछ । थारु समुदायबाट ५ खुला २ महिला सहित ७ सदस्य निर्वाचित हुनेछ । मुस्लिम समुदायबाट ४ खुला १ महिला सहित ५सदस्य निर्वाचित हुनेछ । श्रमिक क्षेत्रबाट ४ खुला २ महिला सहित ६ सदस्य निर्वाचित हुनेछ । पिछडिएको क्षेत्रबाट ३ खुला १ महिला सहित ४ सदस्य निर्वाचित हुनेछ ।

खुला क्षेत्रबाट ८४ खुला ५३ महिला सहित १३७ सदस्य निर्वाचित हुनेछ । केन्द्रीय आयोगहरुमा अध्यक्ष, उपाध्यक्ष र सचिव सहित १३ खुला र ९ महिला सहित २५ सदस्य सदस्य निर्वाचित हुनेछ ।



प्रतिक्रिया दिनुहोस !