६ आश्विन २०८१, आइतबार

चिनियाँ विमानस्थलको फोटोलाई भारतीय दाबी गरेपछि आलोचना

प्रकाशित मिति :  28 November, 2021 3:09 pm


काठमाडौं । भारतको केन्द्रीय सरकारका मन्त्रीहरू तथा नेताहरूले चिनियाँ विमानस्थलको फोटोलाई भारतीय भनी छापेपछि उनीहरूको आलोचना भएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार उत्तर प्रदेशमा नोएडा इन्टरनेसनल एअरपोर्ट जेवर एअरपोर्टको शिलान्यास गरेका थिए।

सो शिलान्यास गरिएको विमानस्थल तयार हुँदा देखिने फोटो त्यहाँका केन्द्रीय मन्त्री र नेताहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।

छापिएका ती फोटो भाइरल भएपछि, फोटो सञ्चालनमा आइरहेको चिनियाँ विमानस्थलको भएको भएको समाजिक सञ्जालमा प्रतिरोध गरिएपछि भारतका प्रतिपक्षी दलका नेताहरूले भाजपा र सरकारको आलोचना गर्न थालेका छन्।

शेन शिवाई नाम गरेका व्यक्तिले ट्वीटरमा केन्द्रीय सूचना प्रसारण, खेल र युवा मामिला मन्त्री अनुराग ठाकुर, उत्तर प्रदेशका उपमुख्यमंत्री केशव प्रसाद मौर्य, केन्द्रीय भारी उद्योग राज्यमन्त्री अर्जुन राम मेघवाल, केन्द्रीय खाद्य प्रसंस्करण उद्योग एवं जल शक्ति राज्य मन्त्री प्रहलाद सिंह पटेल, केन्द्रीय शिक्षा राज्य मन्त्री अन्नपूर्णा देवी, उत्तर प्रदेश भाजपाका उपाध्यक्ष पंकज सिंह र दिल्ली प्रदेश भाजपा उपाध्यक्ष सुनील यादवले फोटो सेयर गरेको उल्लेख गर्दै सो फोटो चिनियाँ विमाानस्थलको भएको उल्लेख गरेका थिए।

कतिपयले चीनले सीमामा भारतलाई केही गर्न नसक्ने भएपछि भाजपाका मन्त्रीहरूले चिनियाँ विमानस्थलहरू सामाजिक सञ्जालमा आफ्नो बनाउन थालेको आलोचना गरेको बीबीसी हिन्दीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !