१० माघ २०८१, बिहिबार

माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबीच ध्रुवीकरण आवश्यक बन्दै गएकोः डा. भट्टराई

प्रकाशित मिति :  28 November, 2021 2:58 pm


काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशलाई नयाँ राजनीतिक ध्रुवीकरण र उथलपुथलको अवस्थामा पु-याएको बताएका छन्।

राजनीतिक क्रान्ति भएर व्यवस्था परिवर्तन हुादापनि आम जनताको आर्थिक, सामाजिक स्तरमा खासै परिवर्तन नआएको बताउँदै डा. भट्टराई जनतामा निराशा र अन्योल छाएको छ ।
यसका लाागि देशमा नयाँ वैकल्पिक शक्तिको आवश्यकता भएको उनले जनाए।

आइतबार बुटवलमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा लगायतका दलहरूबीचको ध्रुवीकरण गरी वैकल्पिक पार्टी निर्मार्ण गर्नुपर्ने आवश्यकता रहेको बताए।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले रूपान्तरणकारी परिवर्तन गर्ला भन्ने अपेक्षा गर्न सकिने अवस्था नदेखिएको भट्टराईले बताए । तर यसो भनिरहँदा उनले आगामी चुनावसम्म अहिलेको सत्ता गठबन्धन कायम राख्नुपर्ने विचार व्यक्त गरे।

नेकपा एमाले अग्रगमनको बाधक र नवफासीवादी शक्ति बन्न पुगेको जनाउँदै भट्टराईले एमालेको महाधिवेशन तडकभडकलाई निभ्ने बेलाको बतीको भएको टिप्पणी गरे।



प्रतिक्रिया दिनुहोस !