एमाले महाधिवेशनमा सहमति र चुनाव दुवै चल्ने
प्रकाशित मिति : 28 November, 2021 4:38 pm
काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनबाट ३०१ सदस्यीय नयाँ केन्द्रीय समितिको सूचीमा अध्यक्ष केपी शर्मा ओलीले सही थपेर दिएको सूचीलाई फोटो कपी गरिएको छ ।
ओलीले तय गरेको सूचीको प्रस्तावित खाकाको फोटो कपी गरी एमाले नेता विष्णु पौडेलले ओलीलाई बुझाएका छन् ।
ओलीको सूचीलाई बन्द सत्रमा प्रतिनिधिहरूको उपस्थितिमा पढेर सुनाइने भएको छ ।
सो सूचीमा असहमति राख्नेहरूले आफूले उम्मेदवारी दिन सकिने अवस्था खुला राखी यो निर्णय गरिएको हो ।
ओली निकट एक प्रतिनिधिहरूले यो सूची उपर चित नबुझेकाहरूले उम्मेदवारी दिन पाउने छन् । जुन जुन पदमा उम्मेदावरी पर्छ त्यस पदमा मिलाउन खोजिने नसकिएको हदसम्म निर्वाचन हुन सक्ने छ ।
सौराहास्थित पार्क सफारी होटलमा बसेर केपी ओलीले आफ्ना निकटको सहमतिमा सो सूची तयार गरेका हु्नु ।