९ मंसिर २०८१, आइतबार

ढाका बुन्न प्रयोग हुने सुती धागोमा भ्याट थप्ने सरकारी योजनाबाट ह्याण्डलुम तथा ढाका व्यवसायी चिन्तित

प्रकाशित मिति :  28 November, 2021 6:07 pm


 

काठमाडौं । सरकारले ढाका बुन्न प्रयोग हुने सुती धागोमा भ्याट लगाउने कार्य थालेबाट ह्यान्डलुम तथा ढाका व्यवसायी चिन्तित बनेको देखिएका छन् ।

त्यसैले ढाका व्यवसायको वर्तमान स्थितिको विश्लेषण गरी व्यवसायको समस्याबारे सरकारलाई प्रभावकारी सुझाउ दिने उद्देश्यले पुसको पहिलो सातामा ह्याडलुम तथा ढाका व्यवसायीहरूले राष्ट्रिय भेला तथा प्रदर्शनीको आयोजना गरिरहेका छन् ।

नेपाल ह्याण्डलुम तथा ढाका व्यापारी उद्योगी व्यवसायी संघले जारी गरेको विज्ञप्तिको चौथो बुँदामा भनिएको छ “ हालसम्म ढाका कपडा उत्पादनमा परम्परागत सिप शैली डिजाइन प्यार्टनको मात्र प्रयोग भइरहेकोमा अहिले आएर यसका उत्पादनहरूमा बजारको माग तथा बदलिदो परिवेश अनुसार उत्पादन विविधीकण कार्यको थालनी भएको छ ।त्यसैले ढाका व्यवसायको वर्तमाान स्थितिको विश्लेषण गरी यस विषयमा देखापरेका समस्याहरू तथा समाधानका उपायहरूको पहिचान गरेर सम्बन्धित निकायमा रचनात्मक सुझाव दिन, ढाका बुन्न प्रयोग हुने सुती धागोमाा भ्याट लगाउने कार्यकाा लागि विभिन्न स्वार्थ समूहबाट हुने र भइरहेको प्रयासलगायत ढाका उद्योग व्यवसायसँग सम्बन्धित विषय बारे गहन छलफल गर्न े उद्देश्यले ढाका उद्यमी व्यवसायीहरूको राष्ट्रिय भेला तथा ढाका कपडाबाट उत्पादित विविध वस्तुहरू समाावेश गरेर प्रदर्शनी समेत आयोजना गरिन लागेको छ ” ।

पुसमा हुने ढाका कपडाबाट उत्पादित वस्तुको प्रदर्शनी नेपाल घरेलु तथा साना उद्योग महासंघले २०५८ सालमा आयोजना गरेको ढाका तथा पश्मिनाजन्य वस्तुहरूको प्रदर्शनी यता दोस्रो हुने भएको विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रिय भेला तथा प्रदर्शनी २०७८ पुष २ देखि ४ गतेसम्म बानेश्वरको थापागाउँस्थित बानेश्वर व्याङकेटमा आयोजना हुने भएको हो ।

मेला तथा प्रदर्शनीमा ४० वटा स्टलमध्ये २५ वटा स्टलमा ढाकाका वस्तु र १५ वटामा रेशाजन्य अल्लोका उत्पादनहरू राखिने जनाइएको छ ।

नेपालमा दुईओटा ढाकाको परम्परा रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरिले बताए । “पूर्वमा तेह्रथुमे र मध्य क्षेत्र तथा पश्चिम तिर पाल्पाली प्रचलनमा छ”, उनले भने ।

ढाका जनजाती सस्कृतिसँग जोडिएकोले विशेषगरी राईहरूको आर्थिक विकासमा सहयोग पुगेको उनले बताए ।

पत्रकार सम्मेलनमा संघका संयोजक रमेश श्रेष्ठले ढाका कपडा उद्योग सञ्चालनबाट मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै रोजागरी सिर्जना गरेको बताए ।
ढाका व्यवसायमा देशभर झण्डै ५० हजार भन्दा बढीले रोजगार पाएका छन् ।

पौष २ नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको केन्द्रीय तदर्थ समिति पुर्नगठन गरिने जनाइएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले पहल गरेर ढाका उद्यमी व्यवसायीहरुको छाता संस्थाको रूपमा नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको केन्द्रीय तदर्थ समिति गठन गरेको थियो । तर व्यवस्थित ढंगले अगाडि बढाउन नसकेर निष्क्रिय रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !