१० माघ २०८१, बिहिबार

माओवादी केन्द्रको सुनिलस्मृति गाउँपालिका अध्यक्षमा बुढाथोकी

प्रकाशित मिति :  28 November, 2021 8:21 pm


रोल्पा । नेकपा (माओवादी केन्द्र) सुनिलस्मृति गाउँपालिका,रोल्पाको अध्यक्षमा मणिराम बुढाथोकी चयन भएका छन् ।
गाउँपालिका सम्मेलनबाट बुढाथोकी आज अध्यक्षमा चयन भएका हुन् ।

हिजो र आज चलेको सम्मेलनमा बुढाथोकी सर्वसम्मत अध्यक्ष बनेका हुन् । सम्मेलनले उपाध्यक्षमा पवनकुमार कँवर, सचिवमा रत्न महरा र कोषाध्यक्षमा कुमारी थापा चयन गरेको छ । ४९ सदस्यीय कमिटी चयन गरिएकोमा ६ जना पछि थप गरिने नवनिर्वाचित अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

निर्वाचित अध्यक्ष बुढाथोकी पूर्वी रोल्पाका पुराना र जनयुद्धकालीन नेता हुन् । अध्यक्ष चयन भएपछि बुढाथोकीले स्थानीय तहमा माओवादी केन्द्रलाई थप सुढृढ गर्ने बताएका छन् ।

अध्यक्षमा सर्वसम्मत बनाउन सहयोग गर्ने सबैलाई बुढाथोकीले धन्यवाद दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !