१० माघ २०८१, बिहिबार

अर्घाखाँचीका पालिकाहरुमा माओवादी केन्द्रद्धारा सर्वसम्मत नेतृत्व चयन

प्रकाशित मिति :  28 November, 2021 8:32 pm


अर्घाखाँची । अर्घाखाँचीमा नेकपा माओवादी केन्द्रले चारवटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । आज सम्पन्न पालिका अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

माओवादी केन्द्रले सन्धिखर्क नगरपालिकामा राजेन्द्र भुसाललाई अध्यक्ष चयन गर्दै ५९ जनाको कमिटी निर्माण गरेको छ । यस्तै सीतगंगा नगरपालिकामा मणि अधिकारीको अध्यक्षतामा ६२ जनाको कमिटी चयन गरेको छ भने मालारानी गाउँ पालिकामा पदम क्षेत्रीको अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटी बनाएको छ ।

छत्रदेव गाउँपालिकामा रामलाल पराजुलीको अध्यक्षतामा ५५ सदस्यीय कमिटी चयन गरेको माओवादी केन्द्र अर्घाखाँचीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !