धादिङ कांग्रेसको सभापतिमा पौडेल पक्षका नेता अधिकारी विजयी
धादिङ। नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन् । उनले भीमप्रसाद ढुंगानालाई पराजित गरेका हुन् ।
अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता हुन् । अधिकारीले सभापति शेरबहादुर देउवा पक्षका नेता भीमप्रसाद ढुंगानालाई ३६ मत अन्तरले पराजित गरेका हुन् ।उनले एक हजार ८२ मत ल्याए भने ढुंगानाले एक हजार ४६ मत पाए ।
यसैगरी जिल्ला कार्यसमितिको उपपसभापतिद्वयमा गेहेन्द्र मल्ल र दलबहादुर अधिकारी , सचिवद्वयमा विकास श्रेष्ठ र रामृष्ण पाण्डे, सह सचिवद्वयमा नवराज तिमल्सिना र विजयकुमार तामाङ निर्वाचित भएका छन्।
जिल्ला कार्यसमितिका सदस्यमा अश्विन लम्साल, बाबुकृष्ण सापकोटा, राम्री नेपाली, गोविन्द कुँवर र विष्णुबहादुर नेपाली निर्वाचित भएका छन् । जिल्ला कार्यसमितिको अन्य सदस्यको मतगणना जारी छ ।
कांग्रेसको महासमिति सदस्यका लागि क्षेत्र नम्बर २ बाट दिलमान पाख्रिन, भीमप्रसाद ढुङ्गाना, रमेश धमला, रामनाथ अधिकारी, डा राजाराम कार्की, देवीकुमारी बुर्लाकोटी, कल्पना अधिकारी र राजन बुर्लाकोटी निर्वाचित भएका छन् ।