नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनको स्वास्थ्यमा सुधार
प्रकाशित मिति : 29 November, 2021 11:58 am
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ ।
गत शुक्रबार बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज अस्पताल पुगेका पुनको स्वास्थ्यमा सुधार देखिएको हो ।
उपचार सुरु गरेको चौथो दिनमा नै नेता पुनको स्वास्थ्यामा प्रारम्भिक सुधार देखिएको हो । विश्वमै विरलै देखिने जण्डिस (बिलरुविन)को मात्रा समेत घटेर १८ मा झरेको छ । यस अघि बैंककमा छाँदा बिलरुविनको मात्रा २२ थियो ।
उपचारमा सहभागि चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने बताएका नेता पुनको पूर्व स्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य दुर्गा चापागाँईले जानकारी गराएका छन् ।
बंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंकक गएका थिए ।