१४ मंसिर २०८१, शुक्रबार

एमाले नेता लालबाबु पण्डित केन्द्रीय सदस्य पदमा नरहने घोषणा

प्रकाशित मिति :  29 November, 2021 2:46 pm


काठमाडौं । नेकपा एमालेका नेता लालबाबु पण्डितले केन्द्रीय सदस्य पदमा नरहने बताएका छन् । केपी ओलीले केन्द्रीय सदस्यमा नेता पण्डितलाई सिफारिस गरेपनि उनी पार्टीको सामान्य सदस्य मात्रै रहने गरी केन्द्रीय सदस्य पद त्यागेको घोषणा गरेका हुन् ।

सोमबार सामाजिक संजालमार्फत नेता पण्डितले आज देखि सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको जानकारी दिँदै लेखेका छन्, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’

एमाले नेता पण्डितले यसअघि आफू पदाधिकारीमा चुनाव लड्ने बताएका थिए । खास गरी उनले पार्टीको सचिव पदमा मागदाबी गरेका थिए । तर, केपी ओलीले घोषणा गरेको १९ सदस्यीय पदाधिकारीको सूचीमा पण्डितको नाम नपरेपछि उनले केन्द्रीय सदस्यसमेत त्यागेर संगठित सदस्यमात्रै रहने घोषणा गरेका हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस !