६ आश्विन २०८१, आइतबार

स्विडेनकी प्रथम महिला प्रधानमन्त्री म्याग्डलिना एक सातामा दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित

प्रकाशित मिति :  30 November, 2021 5:36 pm


ऐजेन्सी । स्विडेनकी प्रथम महिला प्रधानमन्त्री म्याग्डलिना ऐन्डरर्सन एक सातामा दुई पटक प्रधानमन्त्री पदमा निर्वाचित भएकी छन् ।

गत बुधबार पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी ऐन्डरर्सन मङ्गलबार दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन्।

अघिल्लो साता स्विडेनको संसद्को बहुमतले प्रधानमन्त्री भएकी ऐन्डरर्सनलाई समर्थन गरेका दलले समर्थन फिर्ता लिएपछि एक दिनमै राजीनामा दिएकी थिइन्।

ऐन्डरर्सनलाई समर्थन गरेका दलले समर्थन फिर्ता लिएपछि बजेट संसदबाट पारित नहुने भएपछि उनले तत्काल प्रधानमन्त्री पदबाट राजीनामा गरेकी थिइन् ।

त्यसअघि अर्थमन्त्री रहेकी ऐन्डरर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृसमेत हुन्।



प्रतिक्रिया दिनुहोस !