१४ मंसिर २०८१, शुक्रबार

नेप्सेमा सामान्य वृद्धि, नेपाल टेलिकमको सर्वाधिक कारोबार

प्रकाशित मिति :  1 December, 2021 4:15 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्जका अनुसार आज (बुधबार) सेयर मापक सूचक नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ ।

आज नेप्से परिसूचक ५.२८ अंकले बढेर २६३३.६५ अंकमा पुगेको छ भने राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ०.८९ अंकले बढेर ४९६.७४ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ वटा उपसमुहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटा राताम्ये भएका छन् ।

बुधबार कारोबार रकमका आधारमा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । कम्पनीको १४ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

नेप्सेमा आज सामलिङ्ग पावर र न्यादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । आज यी दुई कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज आईसीएफसी फाइनान्सका लगानजीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६ प्रतिशतको हाराहारीमा घटेको छ ।

आज कुल २२३ कम्पनीका ५३ लाख १० हजार २१५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७ सय ४ रुपैया ३४ पैसाको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !