मंसिर २४ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्दै सिभिल बैंक
काठमाडौं । सिभिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले यही मंसिर २४ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘सिभिल बैंक डिबेन्चर, २०८८’ नामक ऋणपत्र निष्कासन गर्ने भएको हो।
कुल इकाइमध्ये १८ लाख इकाइ सर्वसाधारणका लागि बिक्री गरिनेछ भने बाँकी १२ लाख इकाइमा पनि ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने ११ लाख ४० हजार इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
सिभिल बैंकले निष्कासन गर्ने यो ऋणपत्रमा लगानी गर्दा वार्षिक १०.२५ प्रतिशत ब्याज पाउनेछन् भने यसको अवधी १० वर्ष रहनेछ ।
यस ऋणपत्रमा नेपाल धितोपत्रबाट इजाजत प्राप्ति सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिन मिल्छ।
लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १ लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले उक्त ऋणपत्र बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । यस ऋणपत्रको निष्कासन बन्द छिटोमा मंसिर २८ गते र ढिलोमा पुस ९ गते बन्द हुनेछ।