१४ मंसिर २०८१, शुक्रबार

साताको कारोबारको अन्तिम दिन ४९ अंकले घट्यो सेयरबजार

प्रकाशित मिति :  2 December, 2021 3:42 pm


काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । बिहीबार सेयर बजार ४९ अंकले घटेको छ भने कारोबार रकम पनि लगभग साढे ३ अर्बमा सीमित भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक परिसूचक ४९.०३ अंकले घटेर २५८४.६३ अंकमा झरेको छ भने राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ९.९८ अंकले घटेर ४८६.७६ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह घटेको छ ।

बिहीबार नेप्सेमा कारोबार रकमका आधारमा महालक्ष्मी विकास बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको १२ करोड ४३ लाख ३९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

त्यस्तै आज सामलिङ्ग पावर र न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयर मूल्य सेयरमूल्य क्रमश ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

यस दिन कर्पाेरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । बैंकको सेयरमूल्य ६.८० प्रतिशतले घटेको छ ।

कूल २३१ वटा कम्पनीको ७९ लाख ३२ हजार ७ सय ३१ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार एक सय २६ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !