एघारौं पोखरा महोत्सवका लागि ४१ उपसमिति गठन
पोखरा । एघारौं पोखरा महोत्सव आगामी पुषको २८ देखि माघको ९ गतेसम्म हुने भएको छ । युनाईटेड क्लव पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा महोत्सव हुने आयोजक युनाईटेड क्लवले जनाएको हो ।
महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि विभिन्न उपसमिति तथा सल्लाहकारहरू चयन गरेको छ । कोभिड–१९ का अघिल्लो वर्ष महोत्सव हुन सकेको थिएन ।
सोमबार बसेको क्लवको बैठकले युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ मूल आयोजक समिति संयोजक रहने गरि ४१ वटा उपसमितिहरूगठन गरेको छ ।
जस अन्तर्गत कार्य सम्पादन उपसमिति संयोजकमा क्लवका निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, अतिथी ब्यवस्थापन उपसमितिको संयोजकमा क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल, संघ संस्था ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका पूर्व अध्यक्ष सुक बहादुर गुरुङ रहेका छन् ।
त्यस्तै सांस्कृतिक उपसमिति संयोजकमा क्लबका प्रथम उपाध्यक्ष लोक बहादुर थापा, सचिवालय उपसमिति संयोजकमा क्लवका द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिना, प्रचार प्रसार उपसमिति संयोजकमा क्लवका महासचिव शान्त बहादुर थापा छन् । अर्थ ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका कोषाध्यक्ष सूर्य बहादुर बानियाँ, सुरक्षा ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका सचिव दिनेश सुनार, स्टल व्यवस्थापन उपसमिति संयोजकमा क्लवका सह कोषाध्यक्ष पूर्णकला पोख्रेल, खाजा खाना ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका सदस्य सीमा गुरुङ, बाल उद्यान उपसमिति संयोजकमा क्लवका सदस्य सन्तोष कार्की, ब्यानर ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका सदस्य जयराम आचार्य रहेको आयोजकले जनाएको छ ।
त्यस्तै अवार्ड तथा मायाको चिनो ब्यवस्थापन संयोजकमा क्लवका सदस्य दिवानी सुवेदी, मुलद्धार ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका सदस्य बिष्णु कुमार गुरुङ, टिकट ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका सदस्य पूर्ण कुमार श्रेष्ठ, अतिथि सत्कार संयोजकमा क्लवका सदस्य चन्द्रा कुमारी पराज्ुली, स्वयंसेवक परिचालनमा क्लवका सदस्य शिव थापा लाई चयन गरिएको छ ।