सेयरबजारको संकट समाधानका लागि दबाब दिन अम्बिका पौडेलको नेतृत्वमा मोर्चाबन्दी
काठमाडौं । नेपाली सेयर बजारमा देखिएका समस्या समाधान तथा सरकारलाई सेयरबजारको महत्वका सरोकारवाला निकायलाई झकझक्याउन विभिन्न पुँजीबजार संगठन तथा लगानीकर्ताहरु मोर्चाबन्दी गरेका छन् ।
लगानीकर्ताको हिजो सम्पन्न भेलाले सक्रिय लगानीकर्ता, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अम्बिका प्रसाद पौडेलको संयोजकत्वमा एक कार्यदल गठन भएको नेपाल पुँजीबजार संघकी अध्यक्ष राधा पोख्रेलले जानकारी दिइन् ।
पौडेलका अनुसार बढ्दो बजारमा अंकुश लगाउने, अनावश्यक हस्तक्षेप गर्ने, नियामक निकायहरु नियमनभन्दा नियन्त्रणमुखीजस्ता प्रवृत्तिले आमलगानीकर्तामा पुँजी बजार सरकारको प्राथमिकतामा नपरेको देखिएकाले सरकारलाई सबै लगानीकर्ता तथा संघसंगठन एकजुट भएका हौं ।
सरकारले लगानीकर्ताको माग कार्यान्वयन नगरेपछि कुनै बेला झन्डै २२ अर्ब रुपैयाँसम्मको कारोबार भएको पुँजी बजारमा अहिले कारोबार रकम ३–४ अर्ब रपैयाँमा खुम्चिएको छ।
नेपाली सेयर बजारमा अहिले विद्यार्थी, शिक्षक, कर्मचारीलगायत विविध क्षेत्रका मानिस प्रत्यक्ष रुपमा संलग्न छन्। अहिले आईपीओमात्र हाल्ने लगानीकर्ताको संख्या २५ लाख नाघेको छ ।
लगानीकर्ताको उक्त भेलाले निम्नअनुसार निर्णय गरेको छ ।
उक्त भेलाले सेयर दलालमार्फत मार्जिन ट्रेडिङ कर्जा ब्यवस्था पूर्ण रुपमा कार्यान्वयनमा नआएसम्म सेयर धितो कर्जामा लगाईएको सिमा हटाईनुपर्ने मागमा पूर्ण सहमति कायम गरियो ।
लामो समयदेखि रिक्त रहेका नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका प्रमुखहरुको योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा तत्काल नियुक्ति गर्न सरकारसँग माग गर्ने निर्णय गरियो ।
पूँजी बजारको बिकास र बिस्तारका लागि अर्थ मन्त्रालयले ३ बर्ष अघि नै गरिसक्छु भनेका ५८ बुँदेका कार्यतालिका सहितका बाँकी कामहरु तत्काल गराउँन माग गर्ने निर्णय गरियो ।