देशभर थप ३१५ जनामा कोरोना संक्रमणको पुष्टि,२ जनाको मृत्यु
प्रकाशित मिति : 7 December, 2021 3:32 pm
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ११ हजार ८ सय १० जनामा परीक्षण गर्दा ३१५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यस्तै ३०४ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६,३५२ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ७ सय ५३ जनाले खोप लगाएका छन् ।