१४ मंसिर २०८१, शुक्रबार

फरवार्ड माइक्रोफाइनान्सले गर्‍यो बंम्पर लाभांश घोषणा

प्रकाशित मिति :  8 December, 2021 11:29 am


काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना सेयर धनीलाई ४२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

संस्थाको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षसम्मको वितरणका लागि उपलब्ध मुनाफाबाट हाल कायम चुक्तापुँजी ६२ करोड ५५ लाख १९ हजार २५० रुपैयाँको कुल ४२ प्रतिशतले हुन आउने २६ करोड २७ लाख १८ हजार ८५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

संस्थाले कुल चुक्त पुँजीको ३५ प्रतिशत बोनस सेयर रहेको छ भने ७ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !