६ आश्विन २०८१, आइतबार

भारतको सयुक्त सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

प्रकाशित मिति :  8 December, 2021 2:24 pm


काठमाडौं । भारतको तमिलनाडुस्थित कन्नुरमा बुधवार भारतको संयुक्त सेना प्रमुख विपिन रावत र उनकी पत्नी समेत सवार भएको सेनाको एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । उनीहरूको नाम सार्वजनकि हुन बाँकी रहेको भारतीय मिडियाहरूले जनाएका छन् ।

जनरल विपिन रावत ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९सम्म सेनाको प्रमुख पदमा कार्यरत थिए । उनलाई १ जनवरी २०२०मा संयुक्त सेनाको प्रमुखको जिम्मेवारी दिइएको थियो .

https://twitter.com/i/status/1468498247261966336

हेलिकप्टर सुलुर सैनिक शिविरबाट वेलिङ्गटन गरिरहेको बेला भएका दुर्घटनामा परेको सो हेलिकप्टरमा १४ बरिष्ठ सैनिक अधिकारी सवार थिए ।

घटनास्थलबाट चार जनाको  शव बरामद गरिएको छ । बरामद गरिएको शवको ८० प्रतिशत जलेर नष्ट भएको छ ।



प्रतिक्रिया दिनुहोस !