६ आश्विन २०८१, आइतबार

[अपडेट] हेलिकप्टर दुर्घटनामा भारतको संयुक्त सेना प्रमुख रावतसहित १३* जनाको मृत्यु

प्रकाशित मिति :  8 December, 2021 6:25 pm


काठमाडौं । भारतको तमिलनाडुस्थित कन्नुरमा भएको हेलिकप्टर दुर्घटनामा भारतको संयुक्त सेना प्रमुख विपिन रावतसहित १३* जनाकै मृत्यु भएको छ ।

दुर्घटनामा रावत र उनकी पत्नी तथा उच्च सैनिक अधिकारीसहित १३* जनाको मृत्यु भएको भारतीय वायु सेनाले पुष्टि गरेको छ ।

जनरल विपिन रावत ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९सम्म सेनाको प्रमुख पदमा कार्यरत थिए । भारतीय रक्षामन्त्री राजनाथ सिंहले पनि ट्वीट गर्दै रावतको निधनको पुष्टि गरेका छन् ।

उनलाई १ जनवरी २०२० मा चिफ अफ डिफेन्स स्टाफको जिम्मेवारी दिइएको थियो । रावत भारतीय सैनिक इतिहासमा पहिलो सिडिएस   हुन् ।

हेलिकप्टर भारतको तमिलनाडुस्थित सुलुर सैनिक शिविरबाट वेलिङ्गटन गइरहेका बेला दुर्घटनामा परेको हो ।

*अन्यथा भएकाले सच्चाइएको 



प्रतिक्रिया दिनुहोस !