१० माघ २०८१, बिहिबार

सभापतिको दौडबाट पछि हट्दिन : प्रकाशमान सिंह

प्रकाशित मिति :  9 December, 2021 11:23 am


फाेटाे : युपी लामिछाने

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवारीबाट आफू पछि नहट्ने बताएका छन्।

काठमाडौंको नयाँबानेश्वरस्थित छक्कुबक्कु पार्कमा कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै उनले आफू सभापतिको उम्मेदवारीबाट पछि नहट्ने बताएका छन् ।

पार्टी भित्रको शक्ति राजनितिक कारण नेपाली कांग्रेसले जनताले सोचे अनुरुप ट्याक समाउन नसकेको भन्दै सिंहले पार्टीलाई बिधी विधान अनुसार चलाउन र समावेशी रुपमा अगाडि बढाउन आफु सभापतिमा उम्मेदवारका लागि दाबीबाट पछि नहट्ने जनाएका छन् ।

संस्थागत रुपमा पार्टीलाई र सम्पुर्ण चुनौतीलाई सामाना गर्दै नेपाली कांग्रेसलाई बिशुद्ध प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गराउने एजेन्डाका साथ सभापति पदका लागि दाबी गरेको बताएका छन् ।

संस्थापन इतरबाट साझा उम्मेदवारका लागि पार्टीभित्र परामर्श भइरहेको बताउँदै उनले आफ्नै नाममा सहमति हुने दाबी समेत गरे।

भोलि शुक्रबारदेखि सुरु हुने १४ औं महाधिवेशनका लागि मंगलबारदेखि निरन्तर छलफलमा जुटे पनि शीर्ष नेताहरुबीच सहमति हुन नसक्दा कांग्रेस संस्थापन इतरले हालसम्म सभापतिको साझा उम्मेदवार तय गर्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस !