मितेरी डेभलपमेन्टले घोषणा गर्यो लाभांश, बोनस सेयर कति ?
प्रकाशित मिति : 9 December, 2021 12:36 pm
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैकले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल चुक्त पुँजीको १३.३० प्रतिशत लाभांश घोषणा गरेको हो ।
बैंकको हिजो मंसिर २२ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
समितिले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।