९ मंसिर २०८१, आइतबार

नबिल बैंकको ‘डिजिबैंक पोर्टल’ सार्वजनिक, अनलाइनबाटै एसएमई लोन आवेदन दिन सकिने

प्रकाशित मिति :  9 December, 2021 3:19 pm


काठमाडौं । नबिल बैंकले आधिकारिक रुपमा ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । नबिलको यस डिजिबैंक पोर्टलमार्फत ग्राहकले एकद्वार सेवाहरु प्राप्त गर्न सक्नेछन् । अब नबिल बैंकका ग्राहकले बैंकको सबै अनलाइन सेवा एउटै पोर्टल अर्थात् नबिल डिजिबैंकबाट प्राप्त गर्न सक्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बिहीबार आयोजित एक कार्यक्रमबीच नबिल डिजिबैंक पोर्टलको सुरुवात गरेका हुन् । पोर्टल सुरुवात गर्दै सीइओ शाहले कम्प्युटराइज्ड बैंकबाट शुरु भएको यात्रा अब भने साच्चिकै डिजिटल बैंकको रुपमा विकास भएको बताए ।

“बृहत डिजिटल भिजन र रणनीति निर्माण गर्न अगस्ट २०२० मा उक्त परियोजना स्थापना गरेका थियौँ,” सीइओ शाहले भने, “आज नविल डिजिबैंक पोर्टलमार्फत उक्त परिकल्पनालाई साकार पार्दै वास्तविकतामा परिणत गर्ने दिशामा थप एक पाइला अघि बढाएको छ ।”

ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न यस पोटलमाफत बैंकले आफ्नो उत्पादन सेवालाई स्वचालित बनाएको छ ।

नविल डिजिबैंकमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबॉर्डिड र एसएमई लोन आवेदन लगायतका अनलाइन सेवा लिन सकिने सीइओ शाहले जानकारी दिए।

सोही अवसरमा सीइओ शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने भिकेवाइसी र भर्चुअल आईकार्ड लगायतका थप दुई नया अनलाइन सेवाहरु समेत सार्वजनिक गरेका छन् ।

भीकेवाइसी छनोट मार्फत ग्राहकले क्यामेराको प्रत्यक्ष अगाडि बसेर आफ्नो परिचय वा पूर्व निर्धारित परिचयात्मक अभ्यास री ग्राहक पहिचान सम्बन्धी कार्य पुरा गर्नुपर्ने हुन्छ। यसैगरी नविल भर्चुअल आईकार्ड नबिल स्मार्टबैक एप भित्र इम्बोस्ड गरिएको सेवा हो। जसको माध्यमबाट सजिलैसंग आफ्नो प्यान अपलोडगरी भर्चुअल आईकार्डका लागि आवेदन दिन सक्नेछन् ।

 

 



प्रतिक्रिया दिनुहोस !