नेपाली बजारमा एमजी हेक्टर, कति पर्छ मूल्य ?
काठमाडौं । एमजी (मोरिस ग्यारेज) को आधिकारीक वितरक पारामाउन्ट मोटर्सले एमजीको हेक्टर सार्वजनिक गरेको छ । पारामाउन्ट मोटर्सले नक्साल सोरुममा एक औपचारीक कार्यक्रममा आधिकारीक विक्री सुरु गरेको हो।
दशैं अघिदेखि नै बुकिङ लिइरहेको कम्पनीले बिहीबारदेखि आधिकारिक रुपमा विक्री सुरु गरेको हो । एमजीको भारतमा उत्पादन भएको हेक्टर पहिलो पटक नेपाल आएको हो ।
एमजी हेक्टरको आकर्षक डिजाइन, सुरक्षा प्रणली, एयर ब्याग, प्रोजेक्टर हेडल्याप, स्टाइलिस आर १७ सिल्भर एलोइज, इलेक्ट्रिक सनरूफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किड ब्रेक जस्ता आधुनिक र स्मार्ट सुविधाहरूले ग्राहकहरूको अपेक्षालाई सम्बोधन गर्ने कम्पनीको दाबी छ ।
एसयुभीका अन्य भेरियन्टसँग तुलना गर्दा यसको ग्राउन्ट क्लियरेन्स राम्रो भएका कारण यो गाडी नेपाली सडक र ट्राफिकलाई उपयुक्त हुने कम्पनीले दाबी गरेको छ । एमजी हेक्टर नेपालका डिलरशिपमा उपलब्ध हुने कम्पनीले जनदाएको छ ।
कति पर्छ मूल्य ?
कम्पनीले हेक्टरको साइन, सार्प र स्मार्ट गरी तीन भेरियन्ट नेपाल भित्राएको छ।
साइन भेरियन्टको म्यानुयलको ५९ लाख ९९ हजार र अटोमेटिक भेरियन्टको ६४ लाख ९९ हजार रुपैयाँ रहेको छ । सार्प भेरियन्टको म्यानुअल ७३ लाख ९९ हजार र अटोमेटिकको ७८ लाख २५ हजार रुपैयाँ रहेको छ । त्यसैगरी, स्मार्ट भेरियन्टको म्यानुअलको ६७ लाख ९९ हजार र अटोमेटिकको ७० लाख ६० हजार रुपैयाँ रहेको छ ।