१३ माघ २०८१, आइतबार

करछलीको आरोपमा २ जना विरुद्ध मुद्दा दायर

प्रकाशित मिति :  9 December, 2021 5:45 pm


काठमाडाैं । राजश्व अनुसन्धान विभागले करछलीको आरोपमा २ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले सत्यम शिवम कन्सट्रक्सन प्रा.लि.का सञ्चालक सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ७ स्थायी ठेगाना भइ हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका २ बस्दै आएका रामकुमार प्याकुरेल र संगीता कुमारी झा विरुद्ध उच्च अदालत पाटन,ललितपुरमा मुद्दा दर्ता गरेको हो ।

सत्यम शिवम कन्सट्रक्सन प्रा.लि.ले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसुर गरेको आयोगको आरोप छ ।

आयोगले विगो ५० लाख ७६ हजार १ सय ९३ रुपैयाँ कायम गरी १ करोड १ लाख ५२ हजार ३ सय ८६ रुपैयाँ जरिवानाको माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस !