६ आश्विन २०८१, आइतबार

बेलायती प्रधानमन्त्री भएयता बोरिस र क्यारीले जन्माए दोस्रो सन्तान

प्रकाशित मिति :  9 December, 2021 5:56 pm


काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जनसन र क्यारी जनसनले  दोस्रो सन्तान जन्माएको घोषणा गरेका छन् ।

बोरिस प्रधानमन्त्री भएयता उनीहरूको यो दोस्रो सन्तान हो । लन्डनको एक अस्पतालमा बिहीबार त्यहाँको समय अनुसार बिहान पत्नी क्यारीले छोरी जन्माउँदा प्रधानमन्त्री बोरिस सो अस्पतालमा थिए ।

आमा र बच्चा दुवै सकुशल रहेको दुवैका प्रवक्ताले यो जानकारी दिएकी छिन् ।

यो वर्ष मे महिनामा उनीहरूले औपचारिकरूपमा बिहे गरेका थिए । उनीहरूलाई सन् २०२०को अप्रिल महिनामा एक छोरोको रूपमा पहिलो सन्तान प्राप्त भएको थियो ।

कोरोनाभाइरसको उपचारबाट घर फर्किएकी केही साता पछि श्रीमती जनसनले छोरा विलफ्रेडको जन्म दिएकी थिइन् ।

लेबर पार्टीका नेता सर किर स्टारर्मर दुवैलाई छोरी भएकोमा बधाइँ सन्देश दिएका छन् ।

पदमा बसेर बेलायतको कुनै प्रधानमन्त्रीले बिहे गरेको यो दुई सय वर्षयता पहिलो पटक बोरिसले गरेका हुन् ।

बोरिसको यो तेस्रो बिहे हो । यसअघि बोरिसको बिहे मरिना ह्विलरसँग भएको थियो । मरिनाबाट उनलाई चार सन्तान छ । उनको पहिलो पत्नी एलेग्रा मोस्टीन ओनबाट कुनै सन्तान भएन् ।

हालका वर्षहरूमा बेलायतका प्रधानमन्त्रीको पदमा रहेकाहरूले सन्तान जन्माएको देखिएको छ । टोनी ब्लेयरले चौथो सन्तान जन्माएको तीन वर्ष पछि ब्लेयरले ऐतिहासिक जित हात पारेका थिए ।

यसैगरी डेभिड क्यामरनलाई सन् २०१०मा छोरी प्राप्त भएको थियो ।



प्रतिक्रिया दिनुहोस !