८ मंसिर २०८१, शनिबार

नेपालको निजी क्षेत्र दक्षिण एसियाकै जिम्मेवार निजी क्षेत्र हो: अध्यक्ष गोल्छा

प्रकाशित मिति :  10 December, 2021 5:31 pm


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको निजी क्षेत्र दक्षिण एसियाकै जिम्मेवार निजी क्षेत्र भएको दाबी गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ र ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालले शुक्रबार संयुक्त रुपमा आयोजना गरेको व्यावसायिक आचार संहिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्ताे दाबी गरेका हुन् । गोल्छाले नेपालको निजी क्षेत्र सरकारको नियामक निकाय भित्र रहेर मर्यादित रुपमा नाफा कमाउने हुँदा त्यसलाई सकरात्मक रुपमा लिनुपर्ने बताए।

“नेपालको निजी क्षेत्र दक्षिण एसियाकै जिम्मेवार निजी क्षेत्र रहेको छ, जिडिपी टू रेभिन्यू रेसियो हेर्ने हो भने नेपालको रेसियो दक्षिण एसियामै सबैभन्दा राम्रो छ,” उनले भने ।

नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो संगठनको नेतृत्व सम्हालेको गोल्छाले निजी क्षेत्रले देशको सम्वृद्धी चाहेका बताए । निजी क्षेत्रले सरकारलाई कर र राजश्व तिर्न चाहेको र त्यसअनुसारको सम्मान पनि सरकारबाट चाहेको उनको भनाई थियो ।

निजी क्षेत्रलाई सम्मानका लागि आचारसंहिता आवश्यक पर्ने बताउदै गोल्छाले निजी क्षेत्रलाई आवश्यक सम्मान नगर्दासम्म देशमा सम्वृद्धी पनि नआउने र लगानीको वातावरण पनि नबन्ने भनाई राखेका थिए ।

यसअघिका अध्यक्षहरुले आचारसंहिता बनाएपनि  समय अनुसार धेरै कुरा परिवर्तन हुने भएकाले यसलाई पुर्नविचार गरेर सरलीकरण गर्नुपर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस !