अर्बपति विनोद चौधरी मधेशी कोटाबाट कांग्रेस केन्द्रीय सदस्यको उमेद्वार
प्रकाशित मिति : 11 December, 2021 5:56 pm
काठमाडौं । नेपालका एकमात्रै डलर अर्बपतिको पहिचान बनाएका विनोद चौधरीले मधेशी कोटाबाट केन्द्रीय सदस्यमा उमेद्वारी दिएका छन् ।
नेपाली कांग्रेसको काठमाडौंमा जारी १४ औं महाधिवेशनमा चौधरीले मधेशी कोटाबाट उमेद्वारी दिएका हुन् । चौधरीले मधेशी कोटाबाट उमेद्वारी दिएपछि आलोचना समेत सुरु भएको छ । कांग्रेसले समावेशीको दुरुपयोग गरेको आरोप लागेको छ ।
कतिपय नेता कार्यकर्ताले नेपालकै डलर अर्बपति पहिचान बनाएका चौधरी खुल्लाबाटै लड्न सक्ने भएपनि समावेशीबाट उमेद्वारी दिएको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।
नियमले मिल्ने भएपनि चौधरीले समावेशी कोटामा लोभ नगरेको भए उपयुक्त हुने कतिपयको टिप्पणी थियो ।