१० माघ २०८१, बिहिबार

दुर्गा प्रसाईलाई केन्द्रीय सदस्य बनाउन एमाले अध्यक्ष ओलीको प्रस्ताव

प्रकाशित मिति :  12 December, 2021 1:32 pm


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईलाई केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेका छन् ।

ओलीले जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यमा मनोनित गर्ने नेताहरूको नाममा प्रसाईको नाम पनि समावेश गरेका छ्न् ।

प्रसाईसँगै रमेश पौडेल, विशाल भट्टराई, ऐन महरलगायतको नाम छ । दुर्गा प्रसाई मार्सी प्रसाईको रूपले पनि चिनिने गरिएका छन् ।

 

गट्ठाघरस्थित जर्मन होम पार्टी प्यालेसमा जारी बैठकमा आजै स्थायी समति र पोलिटब्यूरो गठनका लागि अध्यक्ष ओलीले नाम प्रस्ताव गर्ने कार्यक्रम रहेको छ ।

एमालेको विधान अनुसार केन्द्रीय कमिटीले १० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्ने व्यवस्था छ । शनिबारबाट सुरु भएको एमालेको दोस्रो बैठक आजै सक्ने गरी प्रयास भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !