नेकपा एमालेले सातै प्रदेशको इन्चार्ज तोक्यो, लुम्बिनीमा छविलाल विश्वकर्मा र सुदूरपश्चिममा भट्ट
प्रकाशित मिति : 12 December, 2021 6:55 pm
काठमाडौं । नेकपा एमालेले सातवटै प्रदेशको इन्चार्ज तोकेको छ।
भक्तपुरमा आज बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले प्रदेश इन्चार्जहरु तोकेको हो। बैठकले प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे, २ मा रघुवीर महासेठ, बागमतीमा काशीनाथ अधिकारीलाई जिम्मा दिएको छ ।
त्यस्तै त्यस्तै गण्डकी प्रदेशमा पद्मा अर्याल, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको छ।