९ मंसिर २०८१, आइतबार

नयाँ भवन बनाउदै बिमा समिति, अर्थमन्त्री शर्मा र शहरी विकासमन्त्री झाँक्रीद्वारा शिलान्यास

प्रकाशित मिति :  13 December, 2021 4:07 pm


काठमाडौं । बिमा समितिले आफ्नै जग्गामा सात तले अत्याधुनिक सुविधासम्पन्न नयाँ भवन निर्माण गर्ने भएको छ ।

एक कार्यक्रमका बीच अर्थमन्त्री जनार्दन शर्मा र शहरी विकाश तथा भवन निर्माण मन्त्री राम कुमारी झाँक्रीले आज संयुक्त रूपमा बिमा समितिको नयाँ भवनको शिलान्यास गरेका छन्। भ्याट बाहेक ४० करोड ९२ लाख लागत अनुमान गरिएको उक्त अत्याधुनिक भवन निर्माण सुरु भएको २४ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको भवन निर्माण विभागका महानिर्देशक पदम कुमार मैनालीले जानकारी दिए ।

उक्त सुविधासम्पन्न भवनले ३१ प्रतिशत मात्र ग्राउन्ड कभरेज गर्ने भएकाले यसलाई मोर्डन आर्किटेक्चर भन्न सकिने महानिर्देशक मैनालीले बताए ।

भवनमा १२० जना अट्ने सेमिनार हल, इन्टरनल नेटमर्किङ सिस्टम, फायर अर्लाम तथा नेपाल राष्ट्रिय भवन संहिताको सबै व्यवस्थाहरुमा परिपालना हुने उनले जानकारी दिए ।

भवन निर्माणको ठेक्का आषिश निर्माण सेवाले पाएको छ । बिमा समिति र ठेकदार कम्पनीबीच भवन निर्माण विभागले सहजीकरण र समन्वय गर्ने छ ।



प्रतिक्रिया दिनुहोस !