कोरोनाको बिमा हुने देशमा किसानको उत्पादनको बिमा हुँदैन : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले बिमा सुगम क्षेत्रमा मात्रै फैलिएकोमा चिन्ता व्याक्त गरेका छन् । बिमा समितिको नयाँ भवनको शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै अर्थमन्त्री शर्माले बिमा गाउँका किसानसम्म पुग्न नसकेको टिप्पणी गरेका हुन् ।
“हुँदा हुँदा कोरोना बीमा पनि यो देशका भयो, महामारीको पनि बीमा गर्न सक्ने हामी उत्कृष्ट देशमै पर्छौ,” शर्माले भने, “बिमा गर्नु मात्रै ठूलो कुरा होइन, बिमा गरेपछि त्यसको भूक्तानी पनि दिन सक्नुपर्याे ।” अर्थमन्त्री शर्माले कोरोना बीमा गर्न स्वीकृत दिने नियामनकारी निकायको स्वीकृतीबारे नै प्रश्न उठाएका थिए । कस्तो सल्लाह दिनुभो तपाईहरुले, के आधारमा यो बीमा गरियो ? उनको प्रश्न थियो ।
बिमाको भूक्तानीमा समेत गुनासो लिएर कतिपय मानिसहरु मन्त्रायलसम्मै हारगुहार गर्न जाने गरको अर्थमन्त्री शर्माले बताए ।
” बिमा व्यापार मात्रै हो कि सेवा पनि हो ?,” शर्माले प्रश्न गरेका थिए । बिमा कम्पनीहरु नाफामा मात्रै भन्दा पनि नाफसँगै सेवामा समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
किसानसम्म बिमाको पहुँच नपुगेको बताउदै शर्माले बीमाको दायरा बढाउन नियामक निकाय तथा बिमा कम्पनीहरुलाई आग्रह गरे । “किसानहरुले बाली बीमा गर्न पाइरहेका छैनन्, पशु बीमा गर्न पाईरहेका छैनन् । त्यतातिर नियामक निकाय र बीमा कम्पनीको त्यती ध्यान पुग्न सकेको छैन्,” मन्त्री शर्माले भने, “सरकारले ८० प्रतिशत अनुदान दिने भन्दा पनि उक्त क्षेत्रमा बीमा हुन् नसकेको शर्माले बताए ।”
यस वर्ष मात्रै बाढिपहिरोले ध्यान किसानको धानबाली डुब्दा राज्यले किसान बचाउन अर्बाे खर्चको उनले बताए । “एकातिर बाहिरको आयात वस्तुले यहाँको उत्पादनलाई विस्तापित गरेको छ भने अर्काेतिर हामीले बीमा पनि गर्न नसक्दा किसानका तमाम समस्याहरु समाधान गर्नुपर्ने छन्,” शर्माले भने ।