६ आश्विन २०८१, आइतबार

ओमिक्रोन संक्रमितहरू मध्ये बेलायतमा पहिलो व्यक्तिको मृत्यु

प्रकाशित मिति :  13 December, 2021 6:37 pm


काठमाडौं । काेभिड १९ काे नयाँ भेरियन्ट  ओमिक्रोनबाट संक्रमित मध्य बेलायतमा पहिलो व्यक्तिको मृत्यु भएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जनसनले ओमिक्रोनबाट बेलायतमा १ जनाको मृत्यु भएको जानकारी गराएका हुन् ।

याे नै विश्वकाे पहिलाे केस मानिएकाे छ । ओमिक्रोन बेलायतमा द्रुतगतिमा फैलिरहेको छ । हरेक दुई तीन दिनमा ओमिक्रोनका संक्रमितहरूको संख्या दोब्बर भइरहेका छन् ।

बेलायती प्रधानमन्त्रीले बेलायतमा संक्रमणको आँधी जस्तो लहर आइपुगेको बताएका छन् ।

बेलायतका स्वास्थ्य मन्त्री साजिद जावेदले क्रिसमसकाे समयमा यो द्रुतगतिमा संक्रण बढीरहेकाे बताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !