एमालेका मनोनित ४४ जना केन्द्रीय सदस्यले गरे सपथ ग्रहण
प्रकाशित मिति : 15 December, 2021 12:54 pm
काठमाडौं । नेकपा एमालेमा मनोनित भएका ४४ केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
गत आइतबार बसेको केन्द्रीय कमिटीले विधानअनुसार १० प्रतिशत अर्थात ४४ जना केन्द्रीय सदस्य मनोनित गरेको थियो ।