६ आश्विन २०८१, आइतबार

भारतमा हेलिकप्टर दुर्घटनामा घाइते भएका चालक सिंहको पनि निधन

प्रकाशित मिति :  15 December, 2021 1:22 pm


काठमाडाैं । भारतमा गतहप्ता भएको हेलिकप्टर दुर्घटनामा घाइते भएका भारतीय वायु सेनाका ग्रुप क्याप्टेन वरुण सिंहको निधन भएको छ । उनको उपचारका क्रममा आज बिहान निधन भएको भारतीय वायु सेनाले पुष्टि गरेको छ ।

भारतको तमिलनाडुस्थित कन्नुरमा भएकाे हेलिकप्टर दुर्घटनामा भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सिडिएस)  जनरल बिपिन रावतसहित १३ जनाको मृत्यु भएको थियो । सिंह भने घाइते भएका थिए ।  हेलिकप्टरमा १४ जना थिए । सिंहको निधनसँगै हेलिकप्टरमा रहेका सबैको निधन भएको छ ।



प्रतिक्रिया दिनुहोस !