रक्षामन्त्री रिजालद्वारा पदबाट राजीनामा दिने घोषणा
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् रक्षामन्त्री डा. मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
कांग्रेसको चौधौं महाधिवेशनमा महामन्त्रीका प्रतिस्पर्धी बनेर मैदानमा उत्रिएका रिजालले महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिएको बताएका छन् ।
रिजालले अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्ने उल्लेख गरेका छन् ।
“नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु”, रिजालले सामाजिक सञ्जालमा लेखेका छन् ।