१० माघ २०८१, बिहिबार

कांग्रेस महामन्त्रीमा गगन थापाको जित सुनिश्चित, औपचारिक घोषणा मात्र बाँकी

प्रकाशित मिति :  16 December, 2021 3:16 pm


काठमाडौं ।नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित हुने सुनिश्चित भएको छ ।

९५९ मत गणना गर्न बाँकी छँदै महामन्त्रीमा निर्वाचित हुन पुगेका हुन् । उनी निर्वाचित भएको आधिकारिक घोषणा हुन भने बाँकी छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, ३७२० मत गणना हुँदा थापाले २४०९ मत पाएका छन्।

त्यस्तै, दोस्रो नम्बरमा रहेका विश्वप्रकाश शर्माले १५३१ मत पाएका छन् भने तेस्रो नम्बरमा प्रकाशशरण महतले १२२३ मत पाएका छन्।

पहिलो नम्बरमा रहेका थापा र तेस्रो नम्बरमा रहेको महतको मतान्तर ११८६ रहेको छ । अब गणना गर्न ९५९ मत मात्रै बाँकी रहेकाले सबै मत महतले पाउँदा पनि थापालाई उछिन्न नसक्ने स्पष्ट छ । त्यसैले उनको जित सुनिश्चित भएको हो ।

कांंग्रेसमा दुई महामन्त्री निर्वाचित हुनेछन्। दोस्रोका लागि शर्मा, महत र प्रदीप पौडेलबीच प्रतिस्पर्धा भने अझ बाँकी रहेको छ । शर्माले १५३१, महतले १२२३ र पौडेलले ११०७ मत पाएका छन्।

त्यस्तै, महामन्त्रीका अर्का उम्मेदवार मिनेन्द्र रिजालले ६४४ र राजाराम कार्कीले ८८ मत पाएका छन्।

महाधिवेशनमा ४७४३ मतदाता रहेका ४६७९ मत खसेको छ। महामन्त्रीका लागि बिहीबार बिहान १०ः२० बजेदेखि मतगणना शुरू भएको हो।

यसअघि उपसभापतिको पनि सानेपामै मतगणना भएको थियो। उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्।



प्रतिक्रिया दिनुहोस !