रक्षा मन्त्रीबाट राजीनामा दिँदै रिजालले भने,‘ पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त संकुचित भएको स्पष्ट भएको छ’
प्रकाशित मिति : 16 December, 2021 4:20 pm
काठमाडौं । महामन्त्रीमा पराजित भएपछि नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन् ।
पार्टीको १४ औं महाधिवेशनमा रिजाल देउवा प्यानलबाट महामन्त्री पदका उमेद्वार थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा रिजालले भनेका छन्,“ नेपाली कांग्रेसको चौधौं राष्ट्रिय महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त संकुचित भएको स्पष्ट भएको छ । यस कुरालाई ह्दयंगम गर्दा मैले रक्षा मन्त्री पदमा रही रहनु नैतिक रुपमा उपयुक्त हुन्न । तसर्थ रक्षामन्त्री पदबाट राजीनामा दिएको छु ।”
कांग्रेसको महामन्त्रीबाट गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।