६ आश्विन २०८१, आइतबार

बाइडेनद्वारा २.५ ट्रिलियन अमेरिकी डलरले ऋण सीमा बढाउने विधेयकमा हस्ताक्षर

प्रकाशित मिति :  17 December, 2021 3:13 pm


काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२३ सम्म डिफल्ट हुन नदिन अमेरिकी ऋण सीमा २.५ ट्रिलियन अमेरिकी डलरले बढाउने कानुनमा हस्ताक्षर गरेको ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसले बिहीबार, १६ डिसेम्बरमा राष्ट्रपतिले उक्त कानूनमा हस्ताक्षर गरेको जनाएको छ। जसले ऋण सीमा २.५ ट्रिलियन अमेरिकी डलरले बढाउने अधिकार प्रदान गर्ने ह्वाइट हाउसले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

यो उपायले २०२२ को मध्यावधि चुनाव नपुग्दासम्म सरकारलाई काम गर्नका लागि ऋणको सीमा बढाउने जनाइएको छ। नयाँ कानुन अन्तर्गत अमेरिकी संघीय ऋण ३१.४ ट्रिलियन अमेरिकी डलर पुग्नेछ।

 



प्रतिक्रिया दिनुहोस !