संघीयतालाई बलियो बनाउन प्रदेशलाई बलियो बनाउनुपर्दछ : मुख्यमन्त्री केसी
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीतालाई बलियो बनाउँन प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएपी) को आयोजनामा दाङको घोराहीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले प्रदेश बलियो बनाए मात्रै संघीयता कार्यान्वयन हुनसक्ने बताए ।
प्रदेश सरकारकाले स्थानीयतहरू र संघीय सरकार बीचमा समन्वय गरी काम गर्दै अगाडि बढे मात्रै संघीय बलियो हुँने उनको भनाई थियो ।
मुख्यमन्त्री केसीले जनताबाट निर्वाचित जनप्रतिनिधीहरुले जनतालाई सुशान दिने पहिलो कतव्र्य भएको बताउँदै त्यसका लागि सबैले जनताप्रति उत्तरदायित्व भएर काम निस्वार्थ भावले सेवा गर्नुपर्ने बताए ।
मुख्यमन्त्री केसीले जनप्रतिनिधिहरूको नेतृत्वमा जनतालाई दिने सेवा प्रवाह सरल र सहज जनमैत्री हुनु पर्ने बताउँदै जनता एवं सेवाग्रहीलाई दिने सेवाका विषयले सरकारको लोकप्रियता कायम हुने भएकाले सबैले सेवाग्रहीलाई ध्यान दिनुपर्ने बताए ।
मुख्यमन्त्री केसीले भने,“जनताको विकास निर्माणको अपेक्षा धेरै छन्, हाम्रो साधन र श्रोत सिमितता छन् त्यसैले त्यसलाई पनि दोहोरोपन नहुने गरी विकास गरी सिमिति श्रोत साधानबाट पनि परिणाममुखी नतिजा दिनु पर्दछ त्यसमा चनाखो बन्नु आवश्यक छ ।”