६ आश्विन २०८१, आइतबार

अमेरिकी खुद्रा बिक्रेता कम्पनी अमेजनमाथि भारतमा २ अर्ब भारु जरिवाना

प्रकाशित मिति :  18 December, 2021 4:40 pm


काठमाडौं । अमेरिकी खुद्रा बिक्रेता कम्पनी अमेजनमाथि भारतीय प्रतिस्पर्धा आयोगले २ अर्ब भारु जरिवाना तोकेको छ । सन् २०१९मा फ्युचर समूहसँग अमेजनले गरेको सम्झौतालाई खारिज गरी आयोगले यत्रो ठूलो जरिवाना तोकेको हो ।

भारतीय नियामकले अमेजनले फ्युचरसमूहसँग सम्झौता गर्दा खुलाउनुपर्ने जानकारी लुकाएको भनी सो सम्झौता खारिज गरी जरिवाना तोकेको जनाएको हो ।

भारतमा गरिएको यो जरिवानाले अमेजनले फ्युचर युकेसँग गरेको मुद्दामा पनि असर पर्ने देखिएको छ ।

सन् २०१९मा अमेजनले फ्युचर ग्रुपको एक प्रोमोटर एकाइ फ्युचर कूपन्समा २० करोड अमेरिकी डलर बराबरको लगानी लगाएको थियो । फ्युचर कूपन्स प्राइभेट लिमिटेडको ४९ प्रतिशत सेयर अमेजनले किनेको थियो ।

यो विवादको पछाडि भारतको रियलाइन्स समूहका मालिक मुकेश अम्बानी र अमेजनका मालिक जेफ बिजोसबीच भारतको खुद्रा बजारमा वर्चस्व कायम गर्ने होडबाजी रहेको कतिपयको भनाइ रहेको बीबीसी हिन्दीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

यो कानुनी लडाइँ जसले जिते भारत भरिको खुद्रा बजारमा उसको पहुँच पहिले हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !