११ मंसिर २०८१, मंगलबार

आजदेखि ५७ जिल्लामा बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइँदै

प्रकाशित मिति :  19 December, 2021 12:06 pm


काठमाडौं । सरकारले देशका ५७ जिल्लामा मोर्डना खोप लगाउने अभियान सुरु गरेको छ । सरकारले आइतबार (आज) पौस ४ गते देखि बालबालिकालाई दिइने कोरोना विरुद्धको मोर्डना खोप दिन सुरु गरेको छ ।

बालबालिकालाई मोडर्ना खोपको पहिलो मात्रा आजदेखि पुस १४ गतेसम्म लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। झन्डै १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ भने हरेक बालबालिकालाई खोप केन्द्र पठाउन मन्त्रालयले आग्रह गरेको छ।

मोडर्नाको पहिलो मात्रा लिएका बालबालिकालाई माघ २ गतेदेखि १२ गतेसम्म दोस्रो मात्रा लगाइने मन्त्रालले जनाएको छ।

यसैगरी सरकारले उपत्यकाका ३ जिल्लासहित ८ जिल्लामा यही पुस १३ गतेदेखि २२ गतेसम्म फाइजर खोपको पहिलो मात्रा लगाउने भएको छ। दोस्रो मात्रा भने माघ ४ गतेदेखि माघ १३ गतेसम्म लगाइने मन्त्रालयले जनाएको छ।

यि जिल्लामा लगाइदै छ आज देखि मोर्डना खोप

 



प्रतिक्रिया दिनुहोस !